कटारी अस्पताल उदयपुर जिल्लाको कटारी नगरपालिकामा अवस्थित एक सरकारी स्वास्थ्य संस्था हो। सुरुमा नगर अस्पतालको रूपमा सञ्चालन भएको यस अस्पताललाई पछि स्तरोन्नति गरी ५० शैय्याको प्रादेशिक अस्पतालको मान्यता प्रदान गरिएको हो। अस्पतालले कटारी क्षेत्रसहित उदयपुरको पश्चिमी भेग तथा आसपासका जिल्लाका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। मदन भण्डारी लोकमार्गसँग जोडिएको कारण यस अस्पतालको महत्व दिनप्रतिदिन बढ्दै गएको छ।

नेपाल सरकारको न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा उत्कृष्ट अस्पतालमध्ये पर्न सफल कटारी अस्पतालले सेवा सुधार, पूर्वाधार विकास तथा विशेषज्ञ सेवा विस्तार गर्दै नागरिकलाई सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ।

अस्पतालले समयअनुसार नयाँ सेवा थप गर्दै गएको र ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको छ।

हाल यस अस्पतालले प्रदान गरेको सेवाहरु निम्नानुसार छन् :-

(क)विशेषज्ञ सेवा

(1) जनरल सर्जरी (General Surgery)

(2) बालरोग (Paediatric)

(3) प्रसुतीरोग गाइनोकोलोजी (Gynaecology and Obstretrics)

(4) अर्थोपेडिक (हड्डीरोग)Orthopaedic

(5) एनेष्थेसियोलोजी (Anesthesiology)

(6) प्याथोलोजी (Pathology)

(7) दन्तरोग (Dental)

(8) जनरल प्राक्टिस (General Practice)

(9) फिजियोथेरापी (Physiotherapy)

(ख) स्वास्थ्य सेवा सम्बन्धि शाखा तथा इकाइ वा केन्द्रहरू

(1) सर्पदंश उपचार केन्द्र

(2) क्षयरोग उपचार केन्द्र (DOTS)

(3) कुष्ठरोग उपचार केन्द्र (Leprosy)

(4) सुरक्षित गर्भपतन केन्द्र (CAC)

(5) मातृशिशु तथा खोप केन्द्र (MCH Clinic)

(6) सामाजिक सुरक्षा इकाइ

(7) अस्पताल फार्मेसी

(8) बायोमेडिकल र्इञ्जिनियर युनिट

(9) इन्फेक्सन प्रिभेन्सन (Infection Prevention) तथा सरसफार्इ युनिट

(10) आर्इ.टी. युनिट

(11) यातायात तथा एम्बुलेन्स

(12) सुरक्षा शाखा

(13) मेडिको लिगल तथा पोष्टमार्टम

(14) प्रयोगशाला (Lab)

(15) मेडिकल रेकर्डर शाखा

(ग) नियमित ओ.पि.डी.

(1) मेडिकल ओ.पि.डी.

(2) सर्जरी ओ.पि.डी.

(3) अर्थोपेडिक ओ.पि.डी.

(4) गाइनोकोलोजी तथा अब्स ओ.पि.डी.

(5) बालरोग ओ.पि.डी.

(6) दन्तरोग ओ.पि.डी.

(घ) र्इमर्जेन्सी (24 घण्टा)

(ङ) अन्तरंग विभाग (Inpatient)

(1) जनरल वार्ड

(2) मेडिकल वार्ड

(3) सर्जरी वार्ड

(4) अर्थोपेडिक वार्ड

(5) पेडियाट्रिक (बालरोग) वार्ड

(6) गार्इनोकोलोजी लेवर (Labor) वार्ड

(7) जनरल वार्ड